कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिका–८ खुलालुमा पहिरोले पुरिएर एक जना वेपत्ता भएका छन्। आइतबार बेलुका निर्माधिन सडकमा हिडिरहेका नरहरिनाथ गाउँपालिका–८ का १६ वर्षिया पारस भण्डारा पहिरोमा परेर वेपत्ता भएका हुन्।
मलामी गएर फर्किने क्रममा भण्डारा पहिरोमा पुरिएर वेपत्ता भएका हुन्। उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाले बताएका छन्। उनले भने, ‘अहिले पनि पहिरो गएका कारणले उद्दार हुन सकेको छैन्। निर्माधिन सडकमा भिषण पहिरो गएको छ।’