काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका सुनिलबहादुर थापासहित ३१ नेताले १३ गते (मंगलबार) नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्।
कांग्रेसले थापालाई सहमहामन्त्री र पाँच जना केन्द्रीय सदस्य दिने कांग्रेसले आन्तरिक गृहकार्य गरेको छ। त्यसमा बाराका बृजलाल यादव, सिन्धुपाल्चोकका विष्णुविक्रम थापा, भोजपुरका बाबुराम बस्नेत र काठमाडौँका किरण गिरीको सम्भावना रहेको छ।
कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् धनकुटाका पूर्व जिल्ला सभापति मनोहरनारायण श्रेष्ठका अनुसार सभापति शेरबहादुर देउवाले मंगलबार पार्टी कार्यालय सानेपामा एक कार्यक्रमकाबीच थापा समूहलाई कांग्रेसमा समाहित गराउने छन्।
श्रेष्ठकाअनुसार गृहजिल्ला धनकुटामा राप्रापाका जिल्ला, पालिका र वडा समितिलाई कांग्रेसमा विलयका लागि व्यवस्थापन मिलाएर थापा आइतबार काठमाडौं फर्किसकेका छन्।