काठमाडौँ। लोकप्रिय गायक भागिरथ चलाउने र पुनम थापा मगरको आवाजमा ‘ज्यानको माया लाएछ’ बोलको तीजगीत बजारमा आएको छ।
विष्णु न्यौपानेको लय/शब्द रहेको गीतको संगीत संयोजन विनोद बाजुरालीले गरेका छन्। गीतमा विशाल भट्ट र अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ। दिपक गिरीको छायांकन रहेको गीतको म्युजिक भिडियो विनोद भण्डारीले सम्पादन गरेका छन्।
गीतमा कोरोना भाइरसले प्रभावको विषय, विदेशबाट प्रदेशी फर्किएका प्रसँगहरु, आमा मर्दासमेत घर फर्किन नपाएका युवाहरु कोरोनाका कारण घर फर्किएका सन्दर्भहरु, तीज आएपनि दिदीबहिनीहरु आउने हुन् या होइन ? जस्ता भावहरु समावेश गरिएका छन्।