काठमाडौँ। अमेरिका लैजाने र विवाह गर्ने बहानामा युवकबाट ६ लाख ६० हजार रुपैयाँ ठगेको आरोपमा दुई जना युवती पक्राउ परेकी छन्।
अमेरिकाको डीभी परेको बताएर ठगी गरेको अभियोगमा बाग्लुङकी १९ वर्षीया अमिसा केसी र २७ वर्षीया कोपिला शर्मा पक्राउ परेकी हुन्।
महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरका अनुसार फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट युवालाई फलो गरेर बिहेको प्रलोभन देखाइ उनीहरुले ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो।
महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार उनीहरुलाई आइतबार बुटवलबाट पक्राउ गरिएको हो। उनीहरुले डीभी परे पनि लकडाउनका कारण नेपाल बस्दै आएको बताउने गरेका थिए।
प्रहरीका अनुसार २७ वर्षीय शर्माले बुबाको नाममा समेत फेक आईडी बनाएर ढुकुटीको पैसा तिर्ने बहानामा ठगी गरेको पाइएको छ।