काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनादर्न शर्मा प्रभाकरले भ्रष्टाचारको केन्द्र राजनीतिक क्षेत्र भएको टिप्पणी गरेका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै शर्माले पावर सेन्टरहरुमा सबैभन्दा धेरै भ्रष्टाचार हुने भएका हुन्।
उनले भनेका छन्, ‘जहाँ पावर छ, त्यही भ्रष्टाचारको केन्द्र हो।’ हाम्रा राज्यका शक्ति केन्द्रहरु हरौं, त्यही भ्रष्टाचार छ। नाम किन लिनुपर्यो, म,म भने भइहाल्यो। मैले भन्ने के हो भने राजनीतिक क्षेत्र नै भ्रष्टाचारको केन्द्र हो।’
उनले अगाडि भने, अख्तियारमा राजनीतिक भागवण्डाका आधारमा नियुक्त हुँदा पनि समस्या भएको छ। अहिलेको भन्दा स्वतन्त्र अख्तियार बनाउनुका लागि जनताको मदत लिन आवश्यक छ।’