कालिकोट। जिल्लाको शुभकालिका गाउँपालिका अध्यक्ष एवं सोही गापा कमिटी अध्यक्ष खडानन्द चौलागाईंले पत्रकारमाथि दिएको ज्यान मार्ने धम्कीप्रति नेपाल पत्रकार महासंघ कालिकोटेले ध्यानाकर्षण भएको जनाएको छ।
गापा अध्यक्षले आफ्नाविरुद्ध समाचार लेखेको आरोपमा तीनजना पत्रकारलाई ज्यानमार्ने धम्कि दिएको अडियो बाहिरिएपछि महासंघले आइतबार ध्यानाकर्षण भएको जनाएको हो।
शाखा कालिकोटका अध्यक्ष तुलाराम पाण्डेद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘मनिंङ पोष्ट संवावदाता नन्दकेश अधिकारी तिला न्यूज एवं रेडियो सान्नित्रिवेणीमा कार्यरत वीरेन्द्र आचार्य, हिमालय टाइम्सका सम्वावदाता रमेश सुनारलगायत ४ जनालाई अर्को व्यक्तिसँग कुरा गर्दै आफूविरुद्ध सधैं लागि रहे आफ्ना कार्यकता र आफन्तले मार्न सक्छन् भन्ने अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण भएको छ।’
नेपाल पत्रकार महासंघ कालीकोट शाखाका संस्थापक सदस्यसमेत रहेका गाउँपालिका अध्यक्ष चौलागाईले पत्रकार तथा आफ्नै गाउँपालिकाका नागरिकलाई धम्क्याउनु गलत भएको ठहरिएको बताएको छ।
समाचार प्रति चित्त नबुझे कानुनु बाटो हुँदाहुँदै पनि पत्रकारलाई आफ्ना मान्छेले मार्न सक्छन् भन्दै दिएको अभिव्यक्तिलाई फिर्ता लिई पत्रकारलाई स्वतन्त्रपूर्वक समाचार सन्देश र विचार सम्प्रेषण गर्ने वातावरण मिलाउन पत्रकार महासंघ कालिकोटले माग गरेको छ।