एकै दिन २० जना प्रहरीमा देखियो कोरोना



काठमाडौँ। कोरोना नियन्त्रण भएको भन्दै सरकारले लकडाउन खुलाएको केही दिनम१ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत २० जना प्रहरीमा कोरोना देखिएको छ।

प्रहरी स्रोतका अनुसार प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृतका बडीगार्डसहित २० जनालाई कोरोना पुष्टि भएको हो। गत शुक्रबार प्रदेश कार्यालयमा कार्यरत पाँच प्रहरीमा कोरोना पुष्टि भएसँगै १६० जनाको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो। त्यसक्रममा २० जनामा कोरोना पुष्टि भएको हो।

रातोपाटीका अनुसार कोरोना देखिएपछि १ नम्बर प्रदेश प्रहरी कार्याल्य सिल गरेर कार्यलयमा कार्यरत सबै प्रहरीलाई क्वारेन्टिमा राखिएको छ।

यद्यपी प्रदेश प्रहरी कार्यालयका एसपी दीपक पोखरेलले केहीमा संक्रमण देखिएपनि संख्या खुलाएनन्। हालसम्म ९५ जना प्रहरी कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। पछिल्लो समय संक्रमित प्रहरीको दर बढेको छ।

यसअघि पूर्वी नाका काँकरभिट्टामा कार्यरत १८ जना सशस्त्र प्रहरीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत चार जना अधिकारीमा पनि संक्रमण पुष्टि भएको छ।