शम्भु र अञ्जुको स्वरमा ‘एनी हौ, आँखैमा झलझली’ बजारमा



काठमाडौँ। ‘चलेछ बतास सुस्तरी’, ‘चिट्ठी तिमीलाई लेखुँ भन्थें ’ जस्ता सदाबहार गीतका वरिष्ठ गायक शम्भु राईको नयाँ गीत बजारमा आएको छ।

पूर्वेली लोक गीत क्षेत्रका चर्चित व्यक्तित्व राईले ‘एनी हौ आँखैमा झलझली’बोलको गीत ल्याएका छन्। उनलाई गायिका अञ्जु गौतमले स्वरमा साथ दिएकी छिन्। अञ्जुले अहिलेसम्म एकसय बढी गीतमा स्वर दिइसकेका छन्। ‘एनी हौ आँखैमा झलझली’ गीतमा शब्द र संगीत पनि गायक शम्भुकै रहेको छ।

गीतको भिडियोमा अनिता गोले, उमेश राई (फुलन्देको आमा), ज्योती खड्का, पारबन राई (राई बुढा), कमल सिँहलगायतलाई फिचरिङ गरिएको छ। अभी लामाको निर्देशन तथा युद्धा लामाको कोरियोग्राफी रहेको गीतको भिडियोलाई सुर्य लामाले छायाँकन तथा सम्पादन गरेका हुन्। गीतलाई श्रद्दा रेकर्डिङ स्टुडियोले प्रस्तुत गरेको छ।