नेकपाका चार जना नेता कांग्रेसमा प्रवेश



कालिकोट। शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरि ४ जना यूवा नेता नेपाली कांग्रेसमा प्रवेेेश गरेका छन्।

महाँबै गाउँपालिका वडा नं १ का मनराज शाही, वडा नं २ का भरतबहादुर सिंह, सर्जन सिंह र शुभकालिका वडा नं ५ कमलबहादुर शाहीले (नेकपा) परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका हुन्।

नेकपा सरकारका क्रियाकलापहरु भ्रष्टाचारमूखी भएको र अहिलेको गठबन्दनको नेतृत्वले कार्यकर्तालाई वास्ता गर्न छोडेको उनीहरुको आरोप छ।

पार्टीको सिदान्तलाई कुल्चेर गरिने राजनीतिले समाजको हित गर्न नसक्ने भन्दै उनीहरुले कांग्रेस प्रवेश गरेका बताएका छन्। नव प्रवेशीहरुले कांग्रेस कालिकोटका सभापति हर्षबहादुर बमले अबिर र खादाले स्वागत गर्दै पार्टीको नयाँ सदस्यता प्रदान गरेका छन्।

कार्यक्रममा नेपाली कांग्रेस कालिकोटका सहसचिव तथा प्रदेश ‘ख’ का सभापति दमनबहादुर शाही, जिल्ला कार्यसमिति सदस्य खड्कजंग शाही, नन्दबहादुर शाही, मनराज शाही, भानुभक्त संज्याल, कार्यालय सचिव हरिस बोगटीलगातका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।