सुर्खेत। नरहरिनाथ एकता समाज (सुर्खेत) को तदर्श समितिको अध्यक्ष प्रदिप बोहरा चयन भएका छन्। कालिकोटको नरहरिनाथ गापाका अध्यक्ष्य धीरबहादुर बिष्टको प्रमुख आथित्यमा शनिबार समाजको तदर्थ समिति गठन गरिएको हो।
कार्यक्रमा स्वास्थकर्मी किशोरकुमार रावल, किर्डाक नेपालका कार्यक्रम ब्यवस्थापक नबिनकुमार शाही, नेपाली काङ्ग्रेसका नेता रामबहादुर बटाला, उद्यमी केशब कठायत, रिलायन्स लाईफ सुर्खेतका शाखा प्रबन्धक बिश्वराज बोगटी, नेकपाका युवा नेता राजेन्द्र बिष्टलगायतको उपस्थिति रहेको थियो।
होटेल भिजिट रारा प्रालिमा आयोजित कार्यक्रमबाट तदर्थ समितिको उपाध्यक्षमा बिमला कठायत, महासचिवमा नरबहादुर बिष्ट, सचिवमा टेकबहादुर बिष्ट कोषाध्यक्ष प्रेम दर्जी चयन भएका छन्।
त्यस्तै सदस्यहरुमा लालबहादुर बिक, गोकर्ण प्रसाद उपाध्याय, पुर्णराज बिष्ट, कल्पना बुढा, मिना बोहरा, परेख बटाला चयन भएका छन्। त्यस्त संस्थाको सल्लाहकार समितिको संयोजकमा किशोर कुमार रावल चउन भएका छन्। त्यस्तै सल्लाहकारको सदस्यहरुमा बिश्वराज बोगटी, नवीनकुमार शाही, मानबहादुर शाही, चंख बोगटी, रामबहादुर बटाला, राजेन्द्र बिष्ट रहेका छन्।
कालिकोटका नरहरिनाथ गापामा स्थायी घरभई हाल सुर्खेतमा रहेर विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरु, अध्ययन गरिरहेका विद्यार्थीहरुको हकहित र पर्नजान असजतामा सहयोगी बन्ने संस्थाको उद्देश्य रहेको छ।