काठमाडौँ। सत्तारुढ दल नेकपाका नेता एवं प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कटाक्ष गरेका छन्।
कालापानी क्षेत्रको सीमा विवाद पुरानै भएको बताउदै नयाँ नक्सा जारी गरेको विषयलाई लिएर प्रचण्डलाई प्रश्न गरेका हुन्। प्रचण्डले शुक्रबार एक कार्यक्रमा नयाँ नक्सा जारी गर्ने श्रेय कुनै व्यक्तिलाई दिन नहुने भन्दै आफ्नो जोडबल मार्फत नयाँ नक्सा जारी भएको टिप्पणी गरेका थिए।
सोही विषयलाई दिएर मुख्यमन्त्री पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमा उनले नेकपा अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नहुनेले मैले हो भन्न कसरी सकेको ?’ भनेर प्रश्न गरेका हुन्।
मुख्यमन्त्री पोखरेलले फेशबुकमा लेखेका छन्, ‘कालापानी क्षेत्रको सीमा विवाद पुरानै हो। आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाह नपाउनेले अहिले उहाँले होइन, मैले हो भन्न कसरी सकेको ?’ उक्त स्टाटस प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सेयर गरेर भाइरल बनाएका छन्।