सर्केगाढ गाउँपालिकाले ल्यायो ३९ करोड ११ लाखको बजेट


हुम्ला। जिल्लाको सर्केगाढ गाउँपालिकाले आव २०७७/०७८ का लागि ३९ करोड ११ लाख ४४ हजार ८ सय ४० रुपैयाँको बजेट ल्याएको छ।

गापाका प्रशासकीय अधिकृत रुद्र शाहीका अनुसार चाल तर्फ ३१ करोड ३९ लाख ५८ हजार ८४० रुपैयाँ र पूँजीगत तर्फ ७ करोड ६१ लाख ८५ हजार बराबरको बजेट विनियोजन गरिएको छ।

असार १० गते चौथो गाउँसभाले पारित गरेको बजेटले शिक्षा, स्वास्थ्य, विकास निमार्णका कामहरुलाई प्राथमिकतामा राखेको छ। त्यस्तै खानेपानी, सामाजिक सुरक्षा सम्बन्धि कार्यक्रमहरुलाई पनि गापाले यस वर्षपनि निरन्तरता दिइएको छ।

तस्बिरः रुद्र शाहीको फेशबुकबाट