धमालाको राजनीतिक तथा साँस्कृतिक जीवनको चर्चा


काठमाडौँ। कहिले जेल, कहिले नेल। यस्तै त हो, जिन्दगीको खेल। कहिले द्वन्द्व त कहिले बन्द। जीवनका उकाली-ओरालीमा भोुग्नु परेका हजारौं दुःख कष्ट होउन् या आरोप-प्रत्यारोप नै किन नहुन्।

अनेकानेक संघर्षका पहाडहरुलाई छिचोल्दै तत्कालिन राष्ट्रिय जनसाँस्कृति महासंघ नेपालको केन्द्रीय सचिव जस्तो जिम्मेवार पदभार ग्रहरण गरिसकेका व्यक्ति हुन् कृपाराम शर्मा धमाला।

धमालाको साँस्कृति र राजनीतिक जीवनका सम्बन्धलाई दिएर शब्द मार्फत सहज रुपले बयान गर्नसहज छैन। धमालाका उषाकालहरु भोक, रोग र शोकसँग साटिएका छन्। युगान्तकारी परिवर्तनको मैदानमा होमिएका धमालाको जीवन प्रेरणाले भरिएको छ।

कम्युनिष्ट पार्टीको सदस्यता बोकेर जनताको मुक्ति मैदानमा ओर्लिदा उनलाई तत्कालिन सत्ताको विरोधका रुपमा पनि चित्रण गरियो। तर, माओवादी द्वन्द्वले उनलाई उल्टै अग्रगामी विरोधी देख्यो।

उनी भन्छन्, ‘राज्यले मलाई परिवर्तनकारीका रुपमा उभिदा आन्दोलनकारी देख्यो। माओवादीले संकास्पद देखे। नौ पटक अपहरण गरे। धन्नै मारेनन्।’

कर्णाली कति क्युफिट पानी बग्यो होला ? कर्णालीले कति हण्डर खायो होला? लेखा जोखा नै भएन। सारा नेपालीका लागि कर्णाली दुःखको नाम हो। संघर्षको उपनाम हो कर्णाली। सुनको कचौरामा नुनको भिख माग्न बिवस यहि कर्णाली प्रदेशको कालिकोट जिल्लामा २०२७ चैत २७ गते जन्मिएका धमला मिलनसार र इमान्दार नेताको परिचय बनाएका एक सर्जक हुन्।

स्व. बुबा धनप्रसाद धमला र ममतामयी आमा जयसरा धमलाको कोखबाट जन्मिएका चार बहिनी, तीन भाई मध्येका जेठा सन्तान हुन् कृपाराम। उनका साथमा अहिले श्रीमती, दुई जना छोरी र दुई छोरा छन्।

कालिकोटबाट राजनीतिमा लागेको उनका सहकर्मीहरुका अनुसार उनले प्राप्त गरेको कुनै पनि जिम्मेवारीलाई इमान्दार भएर पूरा गर्ने योद्धा हुन्। पारिवारिक अवस्थालाई समेत वास्ता नगरिकन परिवर्तनको दौरानमा खटिन सक्ने थोरै नेता मध्येका धमालाले सामूहिकताको आधारमा सामाजिक हितको पक्षमा आफूलाई उभ्याउँदै आएका छन्।

२०४४ सालमा राजा वीरेन्द्र कालिकोट गएको बेला बडिमालिका मावि राष्कोटका तर्फबाट अन्तरमावि गीत प्रतियोगीमा धमलाको टिम प्रथम बनेकाृ थियो। उक्त प्रतियोगीतामा १२ वटा मावि स्कुलले भाग लिएको धमाला स्मरण गर्छन्।

कालिकोटको साविकको मुम्राका धमालाले २०४८ बैशाख १ गते नेकपा एमालेको पार्टी सदस्य प्राप्त गरेका हुन्। एसएलसीसम्मको अध्ययन गर्दा गर्दै जीवनका उकाली-ओरालीहरुले नयाँ मोड लिएपछि थप शिक्षा हासिल गर्न सकेनन्।

कहिले राज्यका तर्फबाट त कहिले तत्तकालिन माओवादीबाट धमला पीडित बने। आजको दिनसम्म पार्टीका लागि निरन्तर योग्दान दिँदै आएका धमलाले लाभको पद र कुनै सरक्षणको आस गरेन्।

अन्ततः संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रदान गरिने संगीत तथा नाट्य बिधातर्फको प्रादेशिक प्रतिभा पुरस्कार (२०७६) बाट सम्मानित हुन भएका छन्। राष्ट्रिय जनसाँस्कृक महासंघ नेपालका निःवर्तमान केन्दीय सचीव कृर्पारामलाई कर्णाली प्रदेशका तर्फबाट पुरस्कृत हुने भएका छन्।

हेरौं उनै धमालाको राजनीतिक तथा साँस्कृतिक जीवन

राजनीतिक पृष्ठभूमि

२०४७ सालदेखि हालसम्म नेकपाको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएको।
२०४७ सालमा अनेरास्ववियू कालिकोटका सस्थापक उपाध्यक्ष, अनेरास्ववियूको १०औं राष्ट्रिय सम्मेलन प्रतिनिधि।
२०४९ युवासंघ कालिकोट, जिल्ला कमिटी सचिव।
२०५२ तत्तकालिन (एमाले) जिल्ला कमिटी सदस्य तथा साँस्कृतिक विभाग प्रमुख।
२०५३ पार्टी जिल्ला सचिवालय सदस्य तथा जनवर्गीय संगठन विभाग प्रमुख।
२०५५को स्थानीय निर्वाचनमा पार्टीको तर्फबाट वडा अध्यक्षहुँदै जिविस सदस्यको उम्मेद्धार
२०५४देखि २०६२ सालसम्म द्वन्द्व कालिन् समयममा नौं पटक तत्कालिन माओवादीबाट अपहरण, तीन पटक भौतिक कारबाही र २ पटक आर्थिक कारबाही।
२०५८ राज्यपक्षबाट तीन महिनासम्म चरम यातनाका साथै जेल।
२०६३ मा पुनः नेकपा एमालेको जिल्ला सचिवालय सदस्य एवं साँस्कृतिक विभाग प्रमुख।
२०६५ सालदेखि राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालका सदस्य तथा तत्कालिन कर्णाली अञ्चल इन्चार्ज
२०६९ देखि हालसम्म राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालको राष्ट्रिय सचिव एवं नेकपा सचिवालय सदस्य कालिकोट

धमलाद्वारा रचना गरिएका लोक देउडा तथा राष्ट्रिय गीत

लेकै फूल्यो लालीगुराँस (देउडा गीत) २०५७
रहिछौ बैगुनी देउडा गीत, २०५९
हामी नेपाली, हाम्रो नेपाल (राष्ट्रिय गीत) २०७२
देख्नु पर्यो यो धरतीमा (२०७२)
गणतन्त्र बचाउनलाई (२०७३)
हाम्रै हो मेचीकाली, आउसाथी आह्वान छ हाम्रो (२०७४)
आयो आयो चुनावको लहर (२०७४)

उल्लेखित गीत एल्बमहरुमा धमालाको संगीत स्वरसमेत रहेको छ्। एउटै एल्मबमा तीनदेखि पाँचवटासम्म गीतहरु समावेश छन्।