मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि


 

काठमाडौँ। नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ।

काठमाडौं जिल्लामा १२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा १२ जना स‌ंक्रमित भेटिएको पत्रकार सम्‍मेलनमा जानकारी दिए।

काठमाडौं जिल्लामा ५ महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो। यस्तै, ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोना संक्रमण देखिएको छ।