साझा घर नेपाललाई नेता सुनारको सहयोग


सुर्खेत। समाजसेवी तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तिर्थ सुनारले सोमबार असार १५ को अवसरमा साझा घर नेपाललाई सहयोग गरेका छन्।

उनले वीरेन्द्रनगर लाटीकोईलीस्थित साझा घर नेपालमा रहेका असाय, बालबालिका तथा जेष्ठ नागरिकहरुलाई दही, चिउरा, पलफुल खुवाएर सहयोग गरेका छन्। विभिन्न समस्यामा परेका बालबालिका, महिला जेष्ठ नागरिक र असाहय गरी २७ जनालाई समाजसेवी सुनारले सहयोग गरेका हुन्।

फजुल खर्च गर्नै हातभन्दा दुःखी असाहयलाई सहयोग गर्ने हातहरु महान हुन्छन् भन्ने धारणाले असार १५ को अवसरमा सहयोग गरेको सुनारले बताए।

यस अघि पनि सुनारले साझाघरलाई विभिन्न समयमा आर्थिक, खाद्यान्न सहयोग गर्दै आएको साझा घर नेपालका महासचिव बिनोद चौलागाईले जानकारी दिए।