‘नेताहरुलाई सत्ताको घमण्ड महंगो पर्न सक्छ’


२००७ सालको परिवर्तन नेपालका राजा त्रिभुवन भारतीय दुतावासहुँदै दिल्लिको शरणमा गएको हुँनाले सम्भव भएको हो। राणा र राजाको मत नमिल्दाको अबस्था र दिल्लिको आड्मा भएको र गरिएको दुर्घटनालाई प्रजातन्त्र पहिको पटक स्थापना भएको हो भन्नेहरुको यहाँ कमि छैन।

नेपालको ७० वर्षको राजनीतिक इतिहासमा तथा कथित भनिएका परिवर्तनमा भारतको निर्णायक भुमिका रहँदै आएको छ। २०४६ सालको आन्दोलन पश्चात भयो भनिएको परिवर्तनमा पनि चन्द्रशेखरहरु नेपालको आन्दोलनमै सहभागी भएका थिए र भारतको भूमिका निर्णायक नै थियो।

नेपालका राजनीतिक ईतिहास बेत्ताहरु अहिले पनि के भन्दैछन् भने २००७ सालमा राजा त्रिभुवनलाई राणा हटाईदिए बापद संबिधानसभाको चुनाव गराउनु भन्ने भारतको सुझाव रहेको थियो।

राणा शासन हटाएर राजा शक्तिमा आएपछि भारतीय सुझावलाई कार्यान्वयन गर्नु देशको हितमा छैन भन्ने निष्कर्शका आधारमा संबिधानसभाको चुनाव गराईएन। नेपालको राजनीतिमा भारतीय पक्षको हस्तक्षप राजा त्रिभुवनको पाला देखिनै आमन्त्रण गरिएको हो भन्ने कुरा साबित सत्य हो।

राणा साशनको अन्त्य राजा त्रिभुवन र प्रजातन्त्रको माग गर्ने राजनीतिक दलका नेताहरुको सामुहिक प्रयासमा भएको हुंनाले यो राष्ट्रमा बाह्य हस्तक्षपलाई निर्वाद रुपमा भित्र्याउनका लागि तात्कालिन राजा र नेताहरु जिम्मेवार थिए।

जब राजा महेन्द्रको उदय भयो, त्यसपछी उनले आफ्नै पिताले भारतको शरणमा पुगेर ल्याएको भनिएको ब्यवस्थाले गर्दा नै देशलाई थप बर्वादिको अबस्थामा पुगाएको निश्कर्ष निकाल्दै २०१७ सालमा प्रजातन्त्र भनिएको व्यवस्थालाई खारेज गर्दै निर्दलीय पन्चायती ब्यवस्थाको सुरुवात गरियो।

स्वयम् भारतीयहरु अंग्रेजको दासत्वबाट भख्खरै मुक्त भएको हुनाले यो देशको सार्वभौमसत्ता राजा र नेपालका नेताहरुले बुझाउन जाँदा पनि भारतीयहरुले समाल्न सक्ने अवस्था थिएनन्।

राजा महेन्द्रको उदय नभैदिएको भए आज हामीसँग देश हुने थिएन। नेपाल राष्ट्र र नेपालीलाई ठूलो गुन लगाएर जाने राजा हुन् महेन्द्र। तिनै राजालाई हाम्रो प्रजातन्त्र खाईदियो भनेर अहिले पनि सराप्दै बस्ने र प्रजातन्त्रको शत्रु राजाको रूपमा व्याख्या गर्ने मति भ्रष्ट मान्छेहरु बस्ने देश हो नेपाल।

समग्रमा नेपालमा यो वा त्यो राजनीतिक ब्यवस्था परिवर्तनका लागि भनिएका र गरिएका आन्दोलन र युद्धमा भारतीयहरुको देखिने गरि सम्लग्नता रहँदै आएकोछ। त्यति मात्र होईन भारतीयहरुको स्वार्थ पूरा भएन भने ती भनिएका परिवर्तनको भविष्य धरापमा पर्ने गरेका छन्।

२००७ सालको परिवर्तन पश्चात् भारतीयह र बिपीबीच भएको खटपटले २०१७ साल काण्ड भएको हो भन्नेहरु पनि छन्। यथार्थ त्यो नहुन पनि सक्छ। किन कि राजा महेन्द्र स्वयम् बुद्धिमान नभएका भए मैले माथि नै भने हामीसँग आजको नेपाली हामीसँग हुने थिएन।

२०४६ सालको आन्दोलनमा र भनिएको परिवर्तनमा दिल्लीले आफ्नो जुन सहभागिता देखायो त्यो अनुसार संविधान निर्माणका लागि भूमिका पाउन नसक्दा( २०४७ को संविधानलाई समाप्त पार्नका लागि माओवादी युद्ध उसका लागि अर्को बलियो हतियार बन्न पुग्यो।

एक दशक लामो युद्धहुँदै २०६२/०६३ को आन्दोलनमा पनि भारतीयहरुको महत्वपूर्ण साथ सहयोग रहँदै आएको भए पनि त्यो अनुसारको मान सम्मान नपाउनु र उल्टै अपमान तिरस्कार व्यहोर्नु पर्ने अवस्था आउनु भारतीयहरुका लागि निकै ठूलो पीडाको विषय हो।

भारतले भने मुताविक काम गर्न र गराउनका लागि दिल्लिमा १२ बुदे सम्झौता गराउँदै नेपालका भ्रष्ट राजनीतिक दलका नेताहरुको एउटै पार्टी निर्माण गरेर नदेखिने गरि नेपाल राष्ट्र आफै हाक्ने भारतीयहरुको सपनामा तुसारापात भएकोछ।

नेपालको राजनीतिबाट सबैभन्दा बढि कोही पीडित छन् भने भारतीयहरु नै छन्। उनीहरुले भारतमा आज जुन चिन्ता गर्दैछन् त्यो हाम्रा लागि होईन उनीहरुको आफ्नो चिन्ता हो।

नेपालको राजनीतिक क्षत्रमा एकलौटी रूपमा खेल्दै आएको भारतका लागि चिनको देखिने गरिको उपस्थिति सैह्य विषय थिएन र होईन। नेपालका फगत नेताहरुको कुरा गर्नु बेकार हुन्छ, किन कि उनीहरुलाई सत्तामा कसले बसाई दिन्छ ? उसैका दलाल बन्ने बाहेक अर्को कुनै मौलिक विचार र सिद्धान्त छैन।

प्रधानमन्त्री ओलीले आफ्नो सत्ता खोसिन लागेको जानकारी पाईसकेका छन्। ओलीको सत्ता खोस्ने तागत उनकै पार्टीभित्र छन् भन्ने कुरा ओली जस्तो चतुर खेलाडीले नबुझ्ने कुरा पनि होईन। तथापी भारतीय दुताबास र आफ्नै पार्टीभित्रबाट सत्ताको र्बोनिङ चलेकै हो भने उनले भारतीय राजदुतलाई बोलाएर स्पष्टिकरण किन लिन सकेनन ? किन आफ्नो सत्तालाइ भाषणको विषय बनाए ? उनीमाथि नैतिक प्रश्न उठ्छ।

एक सार्वभौम देशको प्रधानमन्त्रीलाई हटाउन भारतीय दूताबासले देखाएको सक्रियताको विषय सामान्य होइन। अपराध हो। यस्तो अन्तर्राष्ट्रिय अपराध नेपाली जनतालाई त स्वीकार्य हुँदैन। दुई तिहाई नजिकको सत्तालाई त झन् स्वीकार्य हुने विषय नै होइन।

नेपालको राजनीतिक इतिहासमा नेपाल र भारतबीचको आजसम्मको सम्बन्धमा भारतीय सत्तापक्ष नेपालका नेताहरुबाट निकै ठूलो पिडा परेकोछ। यो अवस्थाको जिम्मेवार पनि स्वयम् भारतीय सत्तासिनहरु नै हुन्।

नेपालका नेताहरुलाई नेपालको राजनीतिमा अब टिकि राख्नु सजिलो छैन। किन कि भारतीयहरुले नेपालका नेताहरुको हातमा भएको सत्ता कुनै पनि समयमा छिन्न सक्ने गरि कुटनैतिक तागत लगाउन सक्छन्।

नेपालको स्थायी राजनीतिक सस्था राजसस्थालाई गाह्रो समय आईपर्दासमेत नेपालको राजसंस्थाले चिनको रक्षाका लागि महत्वपूर्ण भुमिका खेलेको थियो। सहयोग गर्न नचाहने चीनले नेपालका नेताहरुलाई सत्तामा राखी रहनका लागि भारतीयहरुसँग झगडा खेल्दै बस्दैन।

नेपालका नेताहरुको घमण्ड र सत्ताको चुरिफुरिले गर्दा स्वयम् उनीहरुलाई ठूलो धर्म संकटमा फसाउने लगभग पक्का पक्की छ। यो भन्दा बढि नभनौं।