युवती भगाउन जादा मारिएका नवराजलाई समाज सुधार पुरस्कार


काठमाडौँ। रुकुम घटनामा मारिएका जाजकरकोटका नवराज विकलाई सरकारले मरणोपरान्त पुरस्कारबाट सम्मान गर्ने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गते जेठ १० गते केटी भगाउन जाजरकोटबाट रुकुम पुगेका विकसहित ६ जनाको ज्यान गएको थियो। सोमबार सरकारले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कारअन्तर्गत समाज सुधार अभियानतर्फ विकलाई एक लाख रुपैयाँ राशिको पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो।

समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान गरेका भगत सर्वजित विश्वकर्माको कदरस्वरुप सरकारले २०७३ सालबाट यो पुरस्कार प्रदान गर्न थालेको थियो।

यो वर्ष समाज सुधारतर्फ नवराज विक, मानवअधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सिप, कला शिक्षा, साहित्य लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियारलाई पुरस्कृत गर्ने निर्णय मन्त्रालयले गरेको हो। मन्त्रालयले २०५१ सालदेखि विभिन्न विधामा राष्ट्रियस्तरका पुरस्कार प्रदान गर्दै आएको छ।

सरकारले सोमबार नै महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार र पुष्पलाल राष्ट्रिय पुरस्कार पाउने व्यक्तिको नामसमेत छनोट गरेको छ।