पलाँता गापाको बजेट ४४ करोड ११ लाख


कालीकोट। जिल्लाको पलाता गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ४४ करोड ११ लाख ३२ हजार ८ सय बजेट ल्याएको छ।

गाउँपालिकाको सातौँ गाउँसभामा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले ४४ करोड ११ लाख ३२ हजार ८ सयको बजेट सार्वजनिक गरेका हुन्। समानिकरण अनुदान ९ करोड ६२ लाख, सर्सत अनुदानमा १३ करोड ८ लाख, राजश्व बाडफाड ७ करोड ५१ लाख ८९ हजार तीन सय ८०, प्रदेश समानिकरण अनुदान १ करोड १७ लाख, सशस्त्र अनुदान ६० लाख बिशेष अनुदानमा १ करोड २० लाख, समपुरक १ करोड ३५ लाख, पर्देश सरकारसङ्गै आन्तरिक राजस्व १ करोड, क्याफ्स कर्णाली ७ करोड ७५ लाख ८७ हजार र बहुक्षेत्रिय पोषण योजनामा १४ लाख, किर्डाक नेपाल पलाता कालिकोट ५६ लाख ३२ हजार २ सय २०, युनिसेफ ११ लाख २४ हजार २ सय रहेको बताए।

गाउँपालिकाले मुख्य गरी कृषि, पर्यटन, सहरीकरण र बिद्युतको पुर्बाधार, सुन्दर समृद्ध उज्यालो पलाताको आधार भन्ने मुल नाराका साथ कार्यक्रम तय गरिएको छ। सबै जनप्रतिनिधिहरुले जनताको माग र समुदायको भौतिक पुर्वाधार निर्माणमा उचित बजेट ब्यबस्थापन गर्न स्थानिय सरकारलाइ आग्रह समेत गरेका छन्।

सो उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातिकान्छाले यो माहामारिले केन्द्रदेखि स्थानिय तहसम्म ठुलो चुनौति निम्तायको बताए।

साथै यस ऐतिहासिक वर्ग संघर्षको लक्ष्य र उद्देश्य प्राप्तिका लागी गरिवको गास, वास, कपासको व्यवस्था निमुखालाई हक अधिकारको सुनिश्चिता, अपाङ्ग, असायलाई जीवन निर्वाहको ग्यारेन्टी, वेरोजगारको अन्त्य गुणस्तरीय शिक्षा र स्वास्थ्यको व्यवस्था, सामाजिक भेदभावको अन्त्य, रुडीवादी चिन्तनलाई परिवर्तन गरि विकृति र विसंगति मास्दै समाजलाई वैज्ञानिक समाजवादको बाटो तय गर्ने बताइएको छ।