सान्नि त्रिवेणीमा माछापोखरी निर्माण



कालीकोट। जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–४ लिस्नेमा माछापोखरी निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।

सुनौलो कृषि सहकारी संस्था मार्फत निमार्ण कार्य थालिएको माछा पोखरीको काम अन्तिम चरणमा पुगेको हो। पशु सेवा कार्यालय मार्फत करिव ५८ लाखको लागतमा निमार्ण थालिएको पोखरीमा ३० हजार माछा उत्पादन गर्ने लक्ष्यका साथ काम सुरु गरिएको सान्नित्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष अनिपाल धामीले जानकारी दिए।

वडाध्यक्ष धामीको प्रत्यक्ष सहभागितामा निमार्ण थालिएको पोखरीको जेठ १५ गतेबाट काम थालिएको थियो। काम थालेको एक महिनामा करिव काम अन्तिम चरणमा पुगेको अध्यक्ष धामीले बताए। उनले भने, ‘३० हजार माछाका भुरा उत्पादन गर्ने लक्ष्य सहित निमार्ण थालेका र्छौ।’

माछाका भुरा उत्पादनका लागि पोखरी बनिसकेको भएपनि उत्पादित भुरालाई हुर्काउनका लागि निमार्ण थालिएको पोखरीको काम अवको एक हप्ताभित्र निमार्ण सकिने धामीले बताए।

समयमै बजेट नआएकाले निमार्ण कार्य केही ढिला भएपनि आफुले सोचभन्दा बढी काम गरेको धामीको भनाई छ। लकडाउनका कारण दुइमहिना ढिलो भएपनि निर्धारित समयमा काम सम्पन्न गरिसक्ने उनको दाबी छ।

पोखरी निर्माणका लागि ४ वटा समूह निर्माण गरि काम सञ्चालन भइरहेको सुनौलो कृषि सहकारी संस्थाकी अध्यक्ष सुुनिता धामीले बताइन्। दैनिक ९० जना भन्दा बढी सहकारीका सदस्यहरुले रोजगारी समेत पाएका छन्। पोखरी निमार्णका लागि सहकारीका सदस्य बाहेक अन्यलाई काममा रोक लगाइएको छ। सहकारीका सदस्यको आर्यआर्जनमा सहजताका लागि पनि सहकारीले आफ्नै सदस्य मार्फत माछा पोखरीको काम थालेको छ।

प्रदेश र केन्द्र सरकारको बजेटको कालीकोटमा दुरुपयोग हुने सम्भावना भएको भएपनि सुनौलो कृषि सहकारी मार्फत निमार्ण थालिएको पोखरीले भने बजेटको सदुपयोगमा नागरिकलाई केही आशा देखाएको छ।

एक महिनाको अवधिमा पोखरी निमार्ण गर्नु भनेको राम्रो पक्ष भएको सरोकारवालाको भनाई छ। कालीकोटमा उत्पादन भएका भुरा जुुम्ला, दैलेख, अछाम, सुर्खेत लगायतका जिल्लाहरु सम्म पुगाउने लक्ष्य लिएको वडाध्यक्ष धामीले बताए।

उनले भने, ‘हामीले रकमको दुरुपयोग गर्नका लागि पोखरी बनाएका होइर्नौ,यो पोखरीले सहकारीका सदस्यको भविष्य बोकेकाले रकममा दुरुपयोग नहुर्ने, समुहका सदस्यहरुको जनश्रमदान सहित उत्कृष्ठ पोखरी बनाउने र्छौ।’ ३ वटा पोखरी, २ वटा रिजर्व ट्याङकी, र करिव १ सय मिटरको कुलो निमार्ण गरी सान्नित्रिवेणीमा रेम्बो ट्राउड माछा उत्पादन गरिने भएको छ।