‘रुकुम नरसंहारमा नेकपा अपराधि जोगाउने खेलामा लाग्यो’


तस्बिर सौजन्य: अनुराग शाह

काठमाडौँ। नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले रुकुम नरसंहारमा संलग्नलाई कानुनबमोजिम हैदसम्मको कारबाही गर्नुपर्ने माग गरेका छन्।

काठमाडौँको बानेश्वरमा आइतबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सह–महामन्त्री महतले यस्तो माग गरेका हुन्।

उनले जातका आधारमा गरिने सबैखाले विभेदविरुद्ध सबै एकजुट हुनुपर्नेमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुम घटनाका अपराधीलाई संरक्षण गर्न लागेको पारोप लगाएका जनाए।

महतले कुनै पनि पार्टीको सदस्यता लिएका आधारमा रुकुम घटनामा संलग्न भएका दोषीले उन्मुक्ति पाउन नहुनेमा जोड दिएका छन्।