‘यता सत्य मेव जयते, उता झण्डामा आगो झोस्नु संयोग होईन’


नेपालको राष्ट्रिय झण्डामा आगो लगाई रहेका केही तस्बिरहरु सामाजिक सञ्जालमा भईरहेका छन्। हाम्रो राष्ट्रको इतिहासमा यस्ता निन्दनीय र दुःखद घटना देख्नु र सुन्नुपर्दा देशभक्त नेपालीको मन निकै भारी हुन्छ।

नेपाललाई केन्द्र बनाएर भारतमा अस्थिरता मचाउने कट्टर पन्थी मुस्लिमहरुको योजना अन्तरगत नेपालमै सम्मेलन गराईएको थियो। कोरोनाका कारण त्यो अभियान चल्न सहज भएन।

नेपालका मुस्लिम समुदायलाई जोडेर भारतमा कोरोना फैलाउने काममा नेपाली मुस्लिमहरु लागि परेको जस्ता भ्रामक समचारहरु भारतीय संचार माध्यममा प्रचारप्रसार गर्ने जस्तो घृणित कामसमेत गरियो।

नेपालका मुस्लिम समुदायलाई माध्यम बनाउँदै कट्टर पन्थी मुस्लिमहरु नेपालमा अझै गुप्त रूपमा बसेका छन् भन्ने कुरा हाम्रो जानकारिमाछ। भुटानी शरणार्थीलाई जस्तै भारतको बाटो हुँदै म्यानमारका हजारौ रोहिंग्या मुस्लिमहरुलाई भारतको बाटो हुँदै नेपालमा छिराईएकोछ। यस विषयमा यो देशको सत्ता साशक प्रसाशकहरु बेखबर जस्तै देखिएका छन्।

क्रिसियनहरुको सम्मेलनसमेत नेपालमा गराईएको थियो। साथै त्यसमा यो देशको सत्ताशिन साशकको समेत लज्जाजनक सहभागिता भएको थियो। जुन कान्डलाई होलिवाईन कान्डका रूपमा नेपालको ईतिहासमा चर्चा हुनेछ र भएको थियो।

तथाकथित कम्युनिष्ट नामधारी पार्टीको चुनावमा बहुमत ल्याउने र एकलौटी सरकार बनाउने योजनाका पछाडी युद्धकै रणनीति लुकेको थियो भन्न सकिन्छ।

भारतले अतिक्रमण गरेको हाम्रो जमिनको नक्सा जारी गर्दाका बखत नेपालको प्रधान मन्त्रीले भारतको स्वस्तिक चिन्हमाथी प्रश्न उठाउँदै ‘सत्य मेव जयते’ कि सिंह मेव जयते’ भन्ने र नेपाल राष्ट्रले आफ्नो जमिनको नक्सा जारी गर्दा भारतमा हाम्रो राष्ट्रिय झन्डमा आगो लगाउन मुस्लिमहरु नै देखिने यो संयोग मात्र होईन।

यो देशका दलाल साशकहरुका कारण नेपाल राष्ट्र अन्तर्राष्ट्रिय आतंकबादिको कृडास्थल बनिसकेको आभाष हुन थालेकोछ। फ्रि तिब्बतको माग राख्दै चिनकाविरुद्ध हिंसात्मक आन्दोलन गर्नका लागि हतियारसहित नेपालका गुम्बाहरुलाई सेल्टर बनाउँदै दलाई लामा समर्थक तिब्बतीहरु बसेकाछन् भन्ने गरिएको समाचार आउने गरेका थिए।

त्यसै गरि नेपालका मदरशा र मस्दिजलाई सेल्टर बनाउँदै भारतकाविरुद्ध हमला गर्ने योजना बनाउँदै कट्टर पन्थी मुस्लिम बसेकाछन् भन्ने समाचार पनि आउने गरेका छन। त्यस्ता अवान्छित तत्वहरु एकैसाथ हिंसामा उत्रिए भने यो देशलाई सुरक्षित राख्न सक्छौं भन्ने कुनै माईकालाल जन्मेकोछ ?

देशी बिदेशि दलालहरु मिलेर यो देश समाप्त पार्नका लागि नेपालको राजसस्था फालेका हुन् म यस कारण भनिरहेकोछु। नेपाली सेना( नेपालका राजा र जनता एक ठाउँमा उभिन तयार नहुने हो भने हाम्रो राष्ट्र र नेपाली जनताको कल्याण हुने कुनै आधार छैन। हाम्रो चन्द्रसुर्य अंकित राष्ट्रिय झन्डामा आगो झोस्नेहरुले कस्तो दन्ड भोग्नुपर्छ म त्यो सब्दमा ब्यक्त गर्न सक्दिन।