कर्णालीका ९३४ जनाले कोरोना जितेर घर फर्किए


सुर्खेत। कर्णाली प्रदेशका ९४३ जनाले कोरोनालाई जितेर स्वास्थ्यलाभ गरी घर फर्केका छन्।

सामाजिक विकास मन्त्रलायका अनुसार शनिबार मात्रै दैलेखका २०५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन्। घर फर्कनेहरुमा २०१ पुरुष र १३ महिला रहेका छन्।

दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसनबाट तीन महिला र १२९ पुरुषगरी १३२ जना कोरोना निको भएर घर फर्केको सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिएका छन्।

त्यस्तै, दैलेखकै डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिला र ५६ पुरुष, दैलेख अस्पताल र नारायण आइसोलेसनबाट दुई महिला सात पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट एक महिला, सात पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख र रुकुमपश्चिम अस्पतालबाट एक÷एक जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको महाशाखाका प्रमुख डा।तिवारीले बताए।

उनका अनुसार शनिबार २१४ ले कोरोना निकोभएसँगै हालसम्म कर्णालीमा यो सङ्क्रमणबाट निको भएर घर फर्कनेको सङ्ख्या ९३४ पुगेको छ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा शनिबार गरिएको पिसिआर परीक्षणमा सुर्खेत पञ्चपुरीका १५ महिनाका बच्चासहित सात जनामा कोरोना पुष्टि भएको बताउँदै महाशाखा प्रमुख डा.तिवारीले कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ४४० पुगेको बताए। RSS