नायिका थापाको नयाँ चलचित्र भदौदेखि ‘फ्लोर’ मा जाने


काठमाडौँ। नायिका तथा सामाजिक अभियन्ता रेखा थापाले आफ्नो नयाँ चलचित्र आगामी भदौको दोस्रो साताबाट छायांकन सुरु गर्ने भएकी छन्।

शीर्षक सार्वजनिक नगरिएको तर गत बैशाखदेखि फ्लोरमा जाने भनिएको उक्त चलचित्र कोरोना महामारीका कारण रोकिएको थियो। अब आगामी भदौको दोस्रो साताबाट छायांकनको काम अगाडि बढाईने नायिका थापा बताउछिन्।

नायिका थापा, ‘कहिलेसम्म डराएर बस्ने ? प्राविधिकदेखि कलाकारसम्मको रोजिरोटी बन्द हुन लागि सकेको छ। सावधानी अपनाएर हरेक क्षेत्र सक्रिय हुन जरुरी छ। लाप्रवाही गरे आफैलाई नोक्सानि हुने कुरा हो।’

चलचित्र छायांकनमा जाने उचित बातावरण हुनुपर्ने र सरकारले पनि फिल्म छायांकनमा जानलाई विषेश सहयोग गर्नुपर्ने नायिका थापाको सुझाव छ। नायिका थापा र नायक सौगात मल्लको मुख्य भूमिका रहने चलचित्रको निर्देशन सविर श्रेष्ठले गर्नेछन्।

नायिका थापाका अनुसार विदेशमा अलपत्र परेको युवा र समग्र बेरोजगार युवाको कथा फिल्ममा समेटिनेछ। लक्ष्मी पुजामा रिलिज हुने भनिएको फिल्मको नयाँ रिलिज मिति भने तय भएको छैन।

कोरोना महामारीका कारण धेरै फिल्मको रिलिज मिति र छायांकन रोकिएको छ। रोकिएका फिल्मको रिलिज मिति र छायांकन मिति तय हुन सकिरहेको छैन। हाल लकडाउन केही मात्रामा खुकुलो भएको छ। अब फिल्म क्षेत्र पनि चलायमान हुने देखिएको छ।