सलहबारे नेपालका विज्ञहरुले पाकिस्तानका वैज्ञानिकसँग परामर्श लिए



काठमाडौँ। बारा, सर्लाही र रुपन्देहीमा देखिएको सलह कीराका बारेमा नेपाली विज्ञहरुले पाकिस्तानी वैज्ञानिकहरुसँग परामर्श लिएका छन

विज्ञसँगै कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीहरु पनि सलहका बारेमा छलफलमा जुटेका छन्। सलह नियन्त्रणमा सफलता हात पारेका पाकिस्तानी किट वैज्ञानिकसँग दुई घण्टा भर्चुअल छलफल भएको मन्त्रालयका उपसचिव डा।गंगादत्त आचार्यले बताए।

मन्त्रालयका सहसचिव डा। हरिबहादुर केसी, प्लान्ट क्वरिन्टिन तथा विषादी व्यावस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईसहितका एक दर्जन विज्ञ छलफलमा सहभागी थिए ।

शनिबार बिहान बाराको सिमरा, डुबरबाना, सिमरा, रुपन्देहीको वुटबललगायतका स्थानका साथै सर्लाहीमा पनि सलह किरा देखिएको खबरपछि मन्त्रालयले विज्ञसहितको टोलीसँग भर्चुअल छलफल गरिरहेको हो।

प्रदेश २ सरकारले पनि बाली संरक्षण प्रयोगशालाका प्रमुख अशोक यादवको नेतृत्वमा प्राविधिक खटाइसकेको छ। सर्लाहीको तेलबाली अनुसन्धान केन्द्रमा देखिएको कीरालाई औषधि छर्केर नष्ट गर्ने काम पनि गरेको छ।

यसअघि एक समितिले पूर्वी वायुका कारण नेपालमा अहिले सलह आउने सम्भावना एकदम न्युन रहेको प्रतिवेदन मन्त्रालयमा दिएको थियो। तर, केही दिनदेखि पश्चिम वायु शुरु भएको कारणले यो कीरा बिहार हुँदै नेपाल छिरेको प्रारम्भिक अनुमान रहेको नार्कका वरिष्ठ वैज्ञानिक डा।सुनिल आर्यालले बताए।

‘पश्चिमी वायुका कारण यो छिरेको हो, तर भारतमा जुन प्रकृतिका कीरा देखिएको थियो, त्यो किरा यतिबेला नेपाल आउनु नपर्ने हो’, वैज्ञानिक आर्यालले भने, ‘भारतको अहमदावादमा देखिएको कीरा फर्किसकेको सूचना पाएका थियौं, तर यो कसरी नेपाल आयो त्यसको बारेमा अध्ययन भइरहेको छ।

समितिले पनि वर्षात शुरु भएको र पूर्वी वायु पनि शुरु भएको कारणले नेपाल छिर्ने सम्भावना एकदम न्युन रहेको अनुमान गरिएको थियो। यो बसन्त ऋतुमा देखिने किरा हो तर अहिले गर्मीमा पनि नेपालमा देखियो। केही पहिले भारतमा देखिएको भन्दा फरक फरक प्रकृतिको किरा देखिएको भन्दै उनले यसबारेमा ल्याबमा परीक्षण नगरी यसै सबै कुरा भन्न नसकिने बताए।

नेपालमा देखिएसँगै नेपाली वैज्ञानिकहरुले पाकिस्तान र भारतका वैज्ञानिकहरुसँग पनि छलफल गरेका छन्। नेपालमा देखिएको सलहकीराको फोटो हेरेर पाकिस्तान र भारतका वैज्ञानिकले पनि यो सलह कीरा नै रहेको भनेका छन्। तर, यसको ल्याब परीक्षण नभएसम्म शतप्रतिसत सुनिश्चित गर्न नसकिने वैज्ञानिक आर्यालले बताए।

नेपाल आएका सलह कीराले तरकारी र मकै बालीलाई नष्ट गर्न सक्ने भएकाले यसतर्फ ध्यान दिन जरुरी देखिएको छ। सलहले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्ने बताइन्पार्ने बताइन्छ।