पोखरा। स्याङ्जामा १२ महिने शिशुसहित २२ जनामा कोरोना पुष्टि भएको छ।
कोरोना संक्रमित १२ महिने शिशु बुवा-आमासहित जेठ ३१ गते दिल्लीबाट नेपाल आए थिए। गण्डकी प्रदेशमा शनिबार बिहानमात्रै ३२ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्य कोरोना संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी स्याङ्जाका छन्।
अर्जुनचौपारी गाउँपालिकाका कोरोना पोजेटिभ देखिएका शिशु अहिले क्वारेन्टिनमै रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।
शनिबार कोरोना संक्रमण पुष्टि भएका सबै जेठ ३१ गते १२ महिने शिशुसहित ४१ जना एउटै गाडीमा भारतबाट आएका थिए। उनीहरुको स्वाब परीक्षण प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको थियो। ४१ जनाकाे स्वाब परीक्षणमा २२ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो।