काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ११,७५५ पुगेको जनाएको छ। तीमध्ये २,६९८ जना निको भएका छन् भने २७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
मन्त्रालयले थप ४८ जना निको भएको तथा एक जनाको मृत्यु भएको शुक्रवार पुष्टि गरेको हो। एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएकी ती बिरामीलाई चिकित्सकले मृत घोषणा गरेका थिए। उनको कोरोना परीक्षण गर्दा शुक्रबार पोजेटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ।
उनको पहिचान गर्ने र परिवारसँग सम्पर्क स्थापित गर्ने कोसिस भइरहेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन्। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ।
कहाँ कति थपिए ?
मन्त्रालयका अनुसार सबैभन्दा धेरै पाल्पामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, दाङका ७५ जना, रौतहटका ५६, डोटीका ४६, कञ्चनपुरका ४२, कैलालीका ३१, बाजुराका २७, बैतडी र गुल्मीका २५र२५ जना, नवलपुरका २३, कपिलवस्तुका २१, प्युठानका २०, धनुषाका १५, चितवन र सुर्खेतका १२र१२ र सुनसरीका १० जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै, बझाङका ९ जना, सिराहा, गोरखा, सिन्धुली, रुपन्देही र लमजुङका ६र६ जना, दैलेखका ५, झापा र महोत्तरीका ४र४ जना, काठमाडौं, अर्घाखाँची, दार्चुला, सल्यान र जुम्लाका ३र३ जना, मोरङ, बारा, कास्की, तनहुँ र जाजरकोटका २र२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।
अछाम, सल्यान, नुवाकोट, बाग्लुङ, स्याङ्जा, नवलपरासी र मुगुका एकरएक जनामा संक्रमण देखिएको छ। यससँगै कुल संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ। उनीहरूमध्ये २७ जनाको मृत्यु भएको छ। दुई हजार ६९८ जना डिस्चार्ज भएका छन्।