अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २५ हजार नाघ्यो


काठमाडौँ। अमेरिकामा दुई करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण हुने आशंका गरिएको छ। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल ‘सीडीसी’ ले यो आशंका गरेको हो।

सीडीसीका डाइरेक्टर डा। रोबर्ट रेडभिफल्डले बिहीबार सन्चारकर्मीहरुसँग भने, ‘हाम्रो आँकलन के छ भने कोरोना संक्रमणको जब एउटा रिपोर्ट आउँछ, तब अरु १० जनामा संक्रमण फैलिएको हुन्छ।’

सीडीसीका अनुसार यस महामारीको चपेटामा धेरैजसो युवाहरु पर्ने छन्। यद्यपि यसको फाइदा के हुनेछ भने युवाहरुको रोग प्रतिरोधक क्षमता बढी हुने भएकाले मृत्यु दरमा कमी आउने छ।

सीडीसीको संक्रामक रोग विशेषज्ञ डा। जोय बटलरका अनुसार युवाहरु बढी संक्रमित हुनुको कारण उनीहरुले प्रौढहरुले भन्दा कम सुरक्षाका उपाय अपनाउनु हो।

अमेरिकाले युवाहरुलाई जागरुक बनाउन टिकटक जस्ता सामाजिक सन्जालको प्रयोग गर्ने योजना बनाएको छ। विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०को आपतकालीन टिमका प्रमुख डा। माइक रियानका अनुसार अमेरिकामा अझै कोरोना संक्रमण उच्च विन्दुमा पुगिसकेको छैन। आगामी दिनमा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या बढ्ने सम्भावना छ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हाल अमेरिकामा कोरोना संक्रमितहरुको संख्या २४ लाख ५२ हजार बढी छ। यस्तै मृत्यु हुनेहरुको संख्या १ लाख २५ हजारभन्दा बढी पुगेको छ।