काठमाडौँ। नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको जनाएको छ।
त्यस्तै बिहबार ३ सय १२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको कुल संख्या २ हजार ६ सय ५० पुगेको प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन्।