कालिकोट। जिल्लाको खाँडाचक्र नपाले आर्थिक वर्ष २०७७/०७८ को लागि ६२ करोड, २० लाख ८५ हजार आठ सय रुपैयाँको महत्वाकांक्षि बजेट ल्याएको छ।
नगर उपप्रमुख विजया बिष्टले कृर्षिक्षेत्रलाई प्रथामिकता राखेर बजेट सार्वजनिक गरेको बताएकी छन्। खाँडाचक्रले, खाद्या सुरक्षा, तथा खाद्य सम्प्रभुताको मौलिकहकलाई कार्यान्यवन गर्न नगरपालिकाले बाँझो जमिन सदुपयोग गर्ने कार्यक्रम अघि सारेको छ।
कृषी क्षेत्रलाई व्यवसायिक करण गर्न, किसानहरुलाई लागत सझेदारिमा प्रर्वदन गर्ने, साना व्यवसायिक कृर्षि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्यक्रमका लागि लक्षित वर्गले ७० प्रतिशत अनुदान पाउने छन्।
नगरपालिका भित्रका नागरिकहरुले दुई छोरीमै बन्ध्याकरण गरेमा एकलाख पुरस्कार दिने गत वर्षको कार्यक्रमलाई यो वर्ष पनि निरन्तत्रा दिने गरि वजेट विनियोजन गरिएको छ।
नपाले स्वास्थ्य क्षेत्रमा कोभिड १९ को रोकथाम र न्युनिकरणका लागि आवश्यक वजेट विनियोजन गरिनुका साथै दृर्घरोगीहरुको लागि पनि आवश्यक उपचार शिविरको लागि पनि वजेट विनियोजन गरेको छ।
यस्तै खानेपानी र सरसफाईमा पनि ऐतिहासिक ढुङगेधारा कुवा पोखरी जस्ता मुहानहरुको व्यवस्थापन सम्बन्धि वृहत खानेपानी निर्माण योजना अघि सारेको छ। यस्तै बालवालिकाहरुको हक हितको लागि बालवालिका जोखिम कोष खडा गर्ने नीतितथा कार्यक्रम ल्याएको छ।