नरहरिनाथ गाउँपालिकाले ल्यायो ५३ करोड २० लाखको बजेट



कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिले आफ्नो सातौ गाउँसभाबाट ५३ करोड २० लाख २९ हजार ६१० रुपैयाँको बजेट ल्याएको छ।

गाउँपालिकाकी उपाध्यक्ष मनशोभा बुढाले गाउँपालिकाले नीति तथा कार्यक्रमका लागि चालु खर्च तर्फ ३५ करोड ६२ लाख, ५१ हजार ६ सय ९० रहेको र पुजिगत तर्फ १७ करोड ५७ लाख, ७८ हजार गरि जम्मा ५३ करोड २० लाख २९ हजार ६ सय ९० रुपैयासहितको बजेट प्रस्तुत गरेकी छन्।

गापाले जनपक्षीय निति तथा कार्यक्रम पारित गरेको दाबी गरेको छ। सुनथराली बिमानस्थलदेखि जिल्ला सदरमुकामहुँदै मान्म जोड्ने केबुलकार निर्माणका लागि सम्भाब्यता अध्यन गर्नेदेखि स्वास्थ्य शिक्षा, पुर्वाधार, खानेपानि तथा सरसफाई, कृर्षि, पशुपंक्षि, यूवा तथा खेलकुद विकासका लागि बजेट विनियोजन गरेको गापा अध्यक्ष धीरबहादुर बिष्टले जानकारी दिएका छन्।

त्यस्तै सहकारी तथा संघसस्था, कला धर्म र सँस्कृति, महिला बालबालिका जेष्ठ नागरिक र फरक क्षमता, सूचना प्रविधि, लघु जलविद्युत्त पर्यटन, बातावरण तथा विपद् व्यवस्थापन, रोजगार, प्रधानमन्त्रि रोजगार कार्यक्रम, पुरस्कार तथा प्रोत्साहन, राहत तथा उद्धार, उद्योग वाणिज्य, सुशासन र कर शीर्षकमा आधारित बजेट बिनियोजन गरेको छ।

बिहीबार सम्पन्न गाउँसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि कोरोना नियन्त्रण तथा रोकथामको महान अभियानसँगै आर्थिक विकास तथा आत्मनिर्भर बनाउनेसँगै गापाको प्राथामिक स्वास्थ्य केन्द्र कुमालगाउमा ५० सैयाको आइसुलेसन कक्ष निर्माण गर्ने, बिरामीको स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै, एवुलेन्स सञ्चालन गर्ने, नीति तथा कार्यक्रम तय गरिएको अध्यक्ष बिष्ट बताउछन्।

गाउँपालिकामा खानेपानीको अभावहुन नदिन एक घर एक मिटरसहितको धारा कार्यक्रमलाई प्रभावकारी बनाउने, पानीको सम्भावित श्रोतको पहिचान गरि प्रत्येक वडामा सिचाई कुलो निर्माण गरिने, खुलालुमा रहेको दुध डेरिलाई व्यवस्थित गरिने, एक घर एक करेसाबारी, एक गाउँ एक पहिचान कार्यक्रम लागू गरिने, उत्पादित कृर्षि बस्तुको बजारिकरणका लागि ढुवानिमा सहुलियत दिइने कार्यक्रम समावेश छ।

कृर्षि उत्पादनमा जोडदिदै गरिबी उन्मुलनका गर्नुका साथै आर्थिक क्रान्तिमा जोड दिने, खेलाडिलाई खेलकुदका माध्यमबाट प्रोत्साहन गर्ने, रहगाडमा रहेको खेलमैदानलाई थप प्रभावकारि बनाइने, यूवा शक्ति परिचालन गर्ने, बिकासनिर्माणमा तिव्रता दिइने सहकारिमा संघ साझेदारि गरि सुपथ मुल्य पसल सञ्चालन गर्ने अध्यक्ष बिष्टले प्रस्तावित गरेको निति तथा कार्यक्रमलाई सम्पन्न गाउँसभाले पारित गरेको छ।

गाउपालिका भित्र रहेका ऐतिहाँसिक धार्मिक सम्पदाको अभिलेखिकरण गरि संरक्षण गर्ने, महिला बालबालिका, जेष्ठ नागरि र अल्पसंख्यक फरक क्षमता भएका नागरिक समान अवसर कायम गर्ने रणनीति तयार गरिने, बालश्रममुक्त गाउँपालिका घोषणाका लागि पहल गरिने, गाउँपालिकालाई सूचनामैत्री गाउँपालिका बनाउनका लागि गाउँपालिकाले १ सय वाटको रेडियो सुनथराली सञ्चालन गर्ने, धाचुखोला जल विद्युत आयोजनालाई संचालन गर्ने, एक वडा एक पर्यटकको पहिचान गरिन नमुना पर्यटकीय गन्तव्य क्षेत्र निमार्णमा जोड दिने नीती तथा कार्यक्रम पेश गरेको छ।

नरहरिनाथ गाउँपालिकाका बेरोजगार युवाहरुलाई रोजगार सिर्जना गर्न अध्यक्ष रोजगार कार्यत्रम सञ्चालन गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउने, एसइइ परिक्षामा उत्कृठ हुने विद्यार्थीलाई पुरस्कृत गर्ने, कर्मचारीको तह हेरी २० प्रतिशतसम्म तलव बृद्धि गर्ने अध्यक्ष बिष्टले नीती तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

गाउँपालिकालाई सुचनामैत्री बनाउनका लागि सुशासनका कार्यक्रम पनि गाउँसभाले पारित गरेकोछ। गाउँपालिकाले जनतासंग जनप्रतिनिधि कार्यक्रम संचालन गर्ने भएको छ।

गाउँसभाले आगामी दिनमा ल्याउने नीति तथा कार्यक्रममा राष्ट्रिय सभा सदस्य जीवन बुढा, अध्यक्ष धनजित शाही, अधिबक्ता तथा नेपाली काँग्रेसका नेता हिक्मत बिष्ट, नेकपा कालिकोटका सचिव नगिन्द्र शाही, नेकपा जिल्ला कमिटी सदस्य टेकबहादुर बुढा र नेपाली कांग्रेसका प्रवक्ता नगेन्द बिष्टmगायतको उपस्थिति रहेको थियो।