चलचित्र ‘टिभी एप’ सार्वजनिक



काठमाडौँ। नायिका ऋचा शर्माले ‘चलचित्र टिभी’ नामक एप सार्वजनिक गरेकी छन् ।

अब नयाँ नेपाली चलचित्रहरुलाई एपमा रिलिज गर्ने उद्देश्का साथ चलचित्र टिभि एप ल्याइएको नायिका शर्माको भनाइ रहेको छ।

मोबाइलमा डाउनलोड गरी यो एपबाट नयाँपुराना नेपाली चलचित्रहरु हेर्न सकिने छ। बिषेश गरि विदेशमा बस्ने मानिसहरुको नयाँ नेपाली चलचित्र हेर्ने चाहनालाई मध्यनजर गर्र्दै यो एप ल्याएको शर्माको भनाई छ।

शर्माले अमेरिकामा बस्ने केही साथीहरुसँग मिलेर सो एप संचालनमा ल्याएकी हुन्। एपको सुरुवात उनले दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको दुई चलचित्र ‘छक्का पन्जा ३’ र ‘छ माया छपक्कै’ रिलिज गर्ने तयारि गरेकी छन्।
चलचित्र राम्रो बनाउन सकेको खण्डमा नेपाली चलचित्रका निर्माताहरुलाई यो एपबाट ठुलो राहत पुग्ने छ।

कोरोनाको कारण चलचित्र बजार ठप्प भएपछि अचेल निर्माता निर्देशकहरुले डिजिटल प्लेटफर्मलाई खोज्न थालेका छन्। त्यसको लागि ‘चलचित्र टिभी’ एप उपयुक्त हुने शर्माको भनाई छ।

‘हलमा प्रदर्शन नभएका र हेर्न नपाएका नेपाली चलचित्र अब घरमै बसेर सशुल्क हेर्न पाइने हुँदा दर्शकहरुको रुची बढ्न सक्ने अनुमान गर्न सकीने शर्माको भनाइ रहेको छ।