काठमाडौँ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही भू-भागमा भारी वर्षा हुने देखिएको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएकाले देशका केही भू-भागमा भारी वर्षा हुने र नदीहरुमा बहाव बढ्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ।
पानी पर्ने क्रम बढेसँगै देशका बिभिन्न स्थानका नदीहरुमा पनि बहाव बढ्ने छ। आजबाट कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबईलगायत सबै प्रदेशका तराई भई बहने साना नदीमा बहाव बढ्ने र जलसतह सामान्य अवस्थाबाट सतर्कता तह आसपास हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यसैले नदी तटीय क्षेत्रमा उच्त सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, २, ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ। आजै दिउँसो प्रदेश १, २, बागमती प्रदेश, ५ नम्बर प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने भएकाले नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
यस्तो हुने छ नदीहरूको अवस्था