जुम्लाको चन्दननाथ नगरपालिका सील


जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चार जना स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

चन्दननाथ नगरपालिकाले अर्को सूचना जारी नभएसम्मका लागि सील गरिएको छ। उक्त अस्पतालले उपलब्ध गराउँदै आएको आकस्मिक बाहेक अन्य सेवाहरू पनि बन्द गरिएको अधिकारीहरुले जानकारी दिएका छन्।

अस्पतालका निर्देशकले सम्पुर्ण कर्मचारीहरूको पीसीआर परीक्षण र आवश्यकताअनुसार उनीहरूसँग सम्पर्कमा आएका व्यक्ति पहिचान गर्ने प्रक्रिया अघि बढाइएको जनाएका छन्।

लकडाउनलाई खुकुलो बनाइएपछि पछिल्लो सङ्क्रमणको घटना देखिएको भन्दै सम्भावित जोखिमको आकलन गरेर अघि बढ्ने जुम्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।