सांसद लक्ष्मीपरियार बालुवाटारबाट गिरफ्तार (फोटोफिचर)



काठमाडौँ। नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारलगायतका दलित अधिकारकर्मीहरु बालुवाटाबाट गिरफ्तार परेका छन्।

बुधबार रुकुमको सोती घटनाका बारेमा ज्ञापन पत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुलाई प्रहरीले गिरफ्दार गरेको हो।

रुकुमको सोती घटनामा नवराज विकसहतका ५ जनाको नरसंहारलाई लिएर दलित अधिकारकर्मीहरुले राजधानीमा निरन्तर प्रदर्शन गर्दै आइरहेका छन्। मृतक ६ जना भेरीमा बग्दा चोट लागेको पोष्टमाटम रिपोर्टले देखाएपछि पीडितहरु थप आन्दोलित बनाएका छन्।