काठमाडौँ। नेपाली चलचित्र क्षेत्रमा रहेको भनिएको नातावादको विषयमा एकपछि अर्काेगर्दै कलाकारहरुले बोलिरहेका छन् ।
यसै क्रममा चलचित्र ‘प्रेम गीत २’ की नायिका अश्लेशा ठकुरीले पनि यस क्षेत्रमा रहेको नातावादको बारेमा अभिव्यक्ति दिएकी छिन्।
हालै मात्रै डिप्रेशनबाट मुक्त भएकी नायिका ठकुरीले एक सञ्चार माध्यममा अन्तरवार्ता दिँदै सिङ्गो चलचित्र क्षेत्र एक घर एक परिवार जस्तो हुनुपर्ने बताएकी छिन्।
‘प्रेम गीत २’ सँगै ‘मेरी मामु’ नामक चलचित्रमा अभिनय गरेकी ठकुरी विगत २ वर्षदेखि कुनै पनि चलचित्रमा अनुबन्धित छैनन्। उनले चलचित्र क्षेत्रमा रहेको नातावाद तथा समूहवादको विषयमा गुनासो तथा आक्रोश नभएर विद्रोहको रुपमा आफ्नो अभिव्यक्ति दिएको दाबी गरेकी छन्।
उनले चलचित्र ‘प्रेम गीत’ की नायिका पुजा शर्माले नयाँ कलाकारलाई खासै मतलब नगरेको र गर्नुपर्ने माया, ममता, साथ, सर्पाेट, हौसला नदिएको आरोप लगाएकी छन्। नायिका ठकुरीको अन्तरवार्ता सामाजिक सञ्जाल फेशबुकमा सेयर गरेर चलचित्र क्षेत्रमा रहेको नातावादका बारेमा थप प्रस्ट्याएकी छन्।
नायिका कार्की भन्छिन्, ‘अष्लेशा ठकुरीले दिएको अभिव्यक्तिभित्र नेपाली फिल्म इन्डष्ट्रिको फोहरी कथा लुकेको छ।’ नायिका कार्कीले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘नायिका अष्लेशा ठकुरीको भनाईभित्र एउटा पीडा र नेपाली फिल्म इन्डष्ट्रिको फोहरी कथा लुकेको छ। आफ्नो क्षमतामा आँफैलाई पत्यार नभएका मान्छे समूह बनाउछन्। समूह बनाउँदा आफूभन्दा कमजोर पात्र र निकम्मा मान्छे रोज्छन्। सिंह जस्तो आत्मा बल हुँदैन्। झुण्डमा बस्ने, लुकेर सिकार गर्ने, अरुको चरित्र हत्या गर्ने, नया मान्छे आउँदा सबैलाई प्रतिस्पर्धी मात्र देख्ने घटिया मनस्थिती हुन्छ। यसरी पर्दा पछाडिबाट अरुको क्यारियर सिध्याउन खोज्नेहरु अन्तिममा गएर भित्ताको छिप्कलीसम्म बन्दछन्। यिनीहरु मालिक बन्न सक्दैनन् । सधै ंदास बन्नेछन्। केहीदिन दुई चार वटा ल्याप्टपे (मिडिया भन्न नमिल्न) को प्रयोग गरेर लुकेर अरुलाई सिध्याउने मति भएका फिल्म इन्डष्ट्रिका बदनाम बेसारेले गर्ने नै यस्तै हो।’
उनले अगाडि लेखेकी छन्, ‘तर एउटा महिला भएर, अर्की एक जना बहिनिलाई सिध्याउन अनेक कुकर्म गर्न भ्याउनेलाई के भन्ने ? यस्ता घुस्घुसे, प्रतिभा हिन, स्तरहिन, दुइचार जनाको कारण भोलि कसैले आत्महत्या गर्यो भने कसले जवाफ दिने? नेपालमा खास गरी नेपाली नायिकाहरुको चरित्र हत्या गर्न खोज्ने उनीहरुको सामाजिक जीवन धमिल्याउन खोज्नेहरु स्तरहिन समाचार निकाल्नेहरु, आफूसँग कला नभएपछी अरुको खुट्टा तान्ने, बदनाम गर्नेहरु चिनी राख्नुपर्छ। कुनैबेला तिमीहरुलाई कानुनले समात्छ, नभए जनताले डामेर छोडनुपर्छ। लडने हिम्मत भएको मान्छे आँफै शेर जस्तो गर्जिये हुन्छ, मुसा जस्तो लुकेर अरु नायिकाहरुको जुत्ता नटोकेको राम्रो। यस्ता पात्र र प्रवृत्तिलाई सबैले चिन्नुपर्छ र हरेक अप्रिया घटनाको जवाफ माग्नुपर्छ।’