डिन नियुक्तिको विषयमा नेविसंघले जलायो उपकुलपतिको कुर्सी



काठमाडौँ। त्रिविमा डीन र क्याम्पस प्रमुख नियुक्ति गर्दा (नेकपा) समर्थकलाई नियुक्त गरेको भन्दै नेपाल विद्यार्थी संघले उपकुलपतिको कुर्सी जलाएको छ।

बुधबार दिउँसो त्रिवि नेविसंघका कार्यकर्ताहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा.धर्मकान्त बास्कोटाको कुर्सी जलाएका छन्।

त्रिविका रजिस्टार पेशल दाहालका अनुसार नेविसंघको टोलीले त्रिविको उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दीसमेत गरेको छ।