(नेकपा) को स्थायी कमिटी बैठक जारी



काठमाडौँ। कोरोना नियन्त्रण, एमसीसी र पार्टी एकताका बाँकी कामहरुको बारेमा छलफल गर्नका लागि (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिका बारेमा सुरुमै सम्बोधन गरिहरहेका छन्।

बैठकमा कोरोना भाइरस (कोभिड १९) नियन्त्रण, रोकथाम तथा उपचारका सम्बन्धमा सरकारले गरेका कामहरु, सीमा समस्या समाधान सम्बन्धमा सरकारले गरेका काम र एमसीसीलगायत पार्टी एकताका बाँकी कामका बारेमा समीक्षा हुने नेकपाले जनाएको छ।