क्यान्सर उपचारमा नेपाली डाक्टरलाई सफलता



काठमाडौँ। अस्ट्रेलियास्थित न्युसाउथ वेल्स राज्यको पश्चिम क्षेत्रका ग्रामिण भेगहरुमा क्यान्सर रोगको उपचारका लागि नविनतम प्रविधि विकासमा नेपाली डाक्टर सफल भएका छ्न्।

अस्ट्रेलियाको वेस्टर्न न्युसाउथ वेल्स हेल्थ डिस्ट्रिक अन्तर्गत अरेन्ज अस्पतालमा कार्यरत डा.डिल्ली बन्जाडेलाई रिजनल न्यु साउथ वेल्समा क्यान्सर उपचारका लागि एड्भान्स प्रविधि विकास र कार्यान्वयनका लागि सफलता मिलेको हो।

न्युसाउथ वेल्स राज्यको सबैभन्दा ठूलो र्भागोलिक क्षेत्र ओगटेको स्वास्थ्य कार्यालय क्षेत्रभित्र अत्याधुनीक क्यान्सर उपचार सेवा पर्याप्त नभएकोले बिरामीहरु उपचारको लागि सिड्नी वा अन्य राज्यको शहरी क्षेत्रमा जानुपर्ने अवस्था थियो।

सेन्टर वेस्ट क्यान्सर केयर मेडिकल फिजिस्क डिपार्टमेन्टका निमित्त निर्देशक समेत रहेका डा.बन्जाडे भन्छन्, ‘क्यान्सर उपचारको लागि उपयोगि अत्याधुनिक रेडियो थेराफि प्रविधि अब अरेन्ज अस्पतालमा उपलब्ध भएको छ। सुदूर दुर्गम ब्रोकनहिल्सदेखिका बिरामीहरु अब उपचार गर्न सिड्नी जानु पर्दैन रिजनल क्षेत्रमा नै यो सेवा उपलब्ध भएको छ।’

केही समय अघिदेखि रिजनल क्षेत्रमा डा.बन्जाडेको नेतृत्वमा उन्नत क्यान्सर उपचार प्रविधि शुरु गर्ने बारे अस्ट्रेलियन जर्नल अफ रूरल हेल्थमा गहन रिर्पोट प्रकासन भएको थियो। प्रविधिको रिजनल क्षेत्रमा अवश्यकक्ताबारे सिड्नी विश्वविद्यालय र पिटर म्याकलुम क्यान्सर सेन्टरको सहकार्यमा यो कार्यमा सफलता हात लागेको हो।

नेपालको अर्घाखाँचीमा जन्मिएका डा.बन्जाडे हाल अस्ट्रेलियाको सेन्टर वेस्ट क्यान्सर केयर मेडिकल फिजिस्क डिपार्टमेन्टका निमित्त निर्देशकका रुपमा कार्यरत छन्।