११ दलिय मोर्चाद्वारा एमसीसीविरुद्ध प्रदर्शन



काठमाडौँ। मेलिनियम च्यालेन्ज कप्रोरेशन (एमसीसीको विरुद्धमा राजधानीको माईतीघरमा ११ दलिय मोर्चाले विरोध प्रदर्शन गरेका छन्।

मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत ११ दलिय मोर्चाले एमसीसी पासहुँदा नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा गम्भिर आघात पुग्ने बताएका छन्। नेपाललाई अमेरिकाको कठ्पुलतली देशको हैसियतमा पुर्याउने भन्दै उनीहरुले संयुक्तरुपमा विरोध प्रदर्शन गरेका हुन्।

वैद्य माओवादीसँगै गुणराज लोहनी नेतृत्वको राष्ट्रिय जागरण मञ्च, मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), सीपी मैनाली नेतृत्वको नेकपा (माले), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र), सुभासराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपाल, केदारचन्द्र शर्मा नेतृत्वको नेकपा (संयुक्त) र साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जनजागरण परिषद नेपालले संयुक्त रुपमा सरकारको कडा आलोचना गरेका छन्। न्।

विरोध प्रदर्शन तथा विरोधसभामा राष्ट्रिय जागरण मञ्चका नरबहादुर कार्की, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेल, नेकपाका सहसंयोजक लोकनारायण सुवेदी, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, सत्तारुढ पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामा, नेकपा (माओवादी केन्द्र) का महासचिव कर्णजित बुढाथोकी,, अर्थविद दीपेन्द्रबहादुर क्षेत्री, पुष्पलाल अध्ययन समाजका सुरेश कार्की, एमसीसी खारेज अभियानका बलदेव भट्टराई, नागरिक आवाजका असोज महर्जन, नेवाः राजनीतिक अभियानका श्रीकृष्ण मानन्धर, नेकपा (माओवादी) का संयोजक विमल अधिकारीलगायतले एमसीसी खारेजीको लागि जोडदार माग गरेका छन्।

एमसीसी नेपालको हित बिपरित भएको भन्दै महिलाहरु स्वस्फुर्तरुपमा विरोध प्रदर्शन गरेका छन्। उनीहरुले एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने भन्दै माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले ‘छोड नारी चुरा चलाउँ छुरा’, ‘सरकार चुरालगाएर बस देश हामी चलाउँछौं’, करको पैसाले कारपेट लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन्।