हुम्ला। जिल्लाको सर्केगाढ गाउँपालिकाले मनोमानी ढंगले टेन्डर भरेका फर्महरु रद्द गरेको छ।
२०७७ असार २ गते सूचना जारी गरि पालिकाले २ वटा टेन्डरको आव्हान गरेको थियो। उक्त मितिअनुसार ८ दिनभित्र फर्म किन्ने र ठेक्का हाल्ने मिति बाँकि हुँदमा पनि पालिकाले मिलोमतोमा ८ गते मंगलबार भरेका फर्म रद्द भएको अर्को सूचना निकाल्नु संकास्पद रहेको श्रेया कन्स्ट्रक्सनका संञ्चालक नन्द शाहीले बताए।
कर्णाली सन्देशसँगको कुराकानिमा शाहीले आफ्नो फर्मलाई नियोजित रुपमा रद्द गरेको आरोप लगाएका छन्। उनले भने, ‘ठेक्का पट्टाको निएमानुसार बोलपत्र खोल्ने समयभन्दा पछाडी भरेको रद्द हुनु स्वभाबिक हो। तर, एक दिन बाँकी समय हुँदा पनि पालिकाले दिएको सात दिनको समयभित्र बोलपत्र भर्दा पनि कार्यालय अधिकृतको हवला दिंदै फर्म रद्द गर्ने सूचना निकाल्नु आफैमा संकास्पद रहेको छ।’
शाहीले आफ्नो फर्म प्रकियामा रहेर दर्ता गर्दा पनि रद्द गर्नु नियम बिपरित रहेकोले सम्बन्धित निकाएमा उजुरी दिने बताए।
श्रेया कन्स्ट्रक्सनकै धुर्ब शाहीले भने, ‘आफ्नो मान्छेलाई सेटिङमा ठेक्का दिने नियतले रितपुर्वक घटिघटाउमा दर्ता भएका बोलपत्रहरु कार्यकारीले सुचनालेखि रद्द भएको र भोलि १२ बजेसम्म मिलेमतोको बोलपत्र दर्ता हुने बाटो खोलि पचासौ लाखको लेनदेन भएको देखिन्छ।’
उनले अगाडि भने, ‘सार्वजनिक खरिद ऐनमा टेन्डर खुलेको दिनदेखि अन्तिमदिनको १२ बजेसम्म जहिले पनि दर्ता गर्न मिल्ने ब्यवस्था छ। यसरी दर्ता भएका कुनै बोलपत्र रद्द र कुनै सदर हुने भनि सूचना लेखेको पाईयो। यो सरासर गलत कदम यो यसको खोजी नीति गर्न आवस्यक छ।’
पालिकामा प्रमाण लुकाउन रजिस्टर फाइल च्यातेको समेत शाहीको आरोप छ। यसै सम्बन्धमा पालिकाका अध्यक्ष उपाध्यक्ष र पालिका कार्यालय अधिकृतसंग बुझ्न खोज्दा फोन सम्पर्क हुन सकेन।