काठमाडौँ। अनेरास्ववियूकी केन्द्रीय सदस्य आरती भण्डारीले जनताको भलो चाहने राजनीतिक व्यक्तिलाई मौलाउदो गुटवादले एक्लो वृहस्पति बनाउने बताएकी छन्।
आईतबार सामाजिक सञ्जाल फेशबुकमा नेता भण्डारी लेखेकी छन्, ‘आफ्नो सफलताभित्र,आफ्नो विद्वताभित्र, अनि आफ्नो क्रियाशिलता र इमानदारीताभित्र जनताको उज्यालो भविष्य देख्ने ब्यक्ति अब एक्लो बृहस्पती बन्ने दिन आए। अब राजनितीमा बैचारिक गुट रहँदैन, समाज परिवर्तनको महाअभियानका हरेक यात्रीले सफल र शक्तिशाली नेताको अघिपछि देखिनेगरि भजन गाईदिए पुगिहाल्छ,किन गर्नुपर्यो साङ्गठनिक कृयाशिलताको प्रतिस्पर्धारुकिन गर्नुपर्यो बैचारिक छलफल?’
नेपाली राजनीतिक क्षेत्रमा नातावाद र गुटले प्रतिकुल वाताबरण सिर्जना गरेको बताउदै उनी लेख्छन्, ‘अब नेपालका सबै राजनीतिक पार्टीका दर्जनजति नेताका आआफ्ना गुट हुने भए, आफ्नो साम, दाम प्रयोग गरेर अरुलार्इ आफूप्रति आकर्षित गर्ने परिपाटी नै बनिसक्यो। हिजो चउरमा, चौतारामा, जनताको बस्तिमा गरिने सभासम्मेलन ,पार्टीको कार्यक्रमहरु आजभोलि तारे होटलमा हुन थाले, अझ कम्युनिस्ट पार्टीका गतिविधि त झनै महँगो हुन थालेका छन्। भूगोलमा कसले कति योगदान गरेको छ? श्रमजीवी जनताको माझमाको लोकप्रिय छ भन्ने कुराभन्दा पनि कसले चुनावमा पैसा खर्च गर्न सक्छ, कसले चन्दा दिनसक्छ भन्ने कुराले अर्थ राख्न थालेको।’