काठमाडौँ। चीन र भारतबीच लद्दाखको गलवान भ्यालीमा भएको घटनाका बारेमा नेपाल सरकारले औपचारिक प्रतिक्रिया दिएको छ।
शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरेर चीन र भारतले वार्तामार्फत विवाद समाधान गर्ने विश्वास व्यक्त गरेको छ। नेपाल क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको र देशहरुको विवाद शान्तिपूर्ण रुपमा सुल्झाउनुपर्ने मत रहेको मन्त्रालयले बताएको छ।