काठमाडौँ। पलिल्लो समय बेसारको खुब चर्चा भइरहेको छ। प्रधानमन्त्री केपी शर्माले कोरोना जित्न बेसारको प्रयोग गर्नुपर्ने खालका अभिव्यक्ति सार्वजनिक गरेसँगै बेसारको चर्चा बढेको हो।
राजधानीको शहिदगेटको सडक पेटीमा शरीरभरि बेसार छरेर भुइँमा लम्पसार परेर युवाहरुले सरकारको विरोध जनाएका छन्। शनिबार एक दर्जन बढी युवाहरुले कोरोनाको संकटलाई पार लगाउनमा सरकार असफल रहेको भन्दै विरोध जनाएका छन्।
उनीहरुले यस्तो संकटमा पनि सरकारले भ्रष्टाचार गरेको, प्रधानमन्त्री आफैं डाक्टर जस्तो बनेर कोरोनाबाट जोगिन बेसार-पानी खान सल्लाह दिएको भन्दै युवाहरुले विरोध गरेका हन्।
पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालहरुको सुरक्षामा ध्यान दिन उनीहरुले सरकारसँग माग गरेका छन्।
तस्बिर: मुकुन्द कालिकोटे