काठमाडौँ। विसं १९६० तीर निर्माण भएको राजधानीको डिल्लीबजार कारागारको पुरानो भवन भत्किएको छ। उक्त कारागारको भवन २०७२ सालमा गएको भूकम्पले थप क्षतिग्रस्त बनेको थियो।
कारागारको बाहिर पट्टीको भागमा वर्षाका कारण छत खसेको छ। यसअघि पनि त्यहाँ पटकपटक छत खसिसकेको र कारागारको सम्पूर्ण बाहिरी भाग जोखिममा छ।
अहिलेको स्थितिमा भवनको मर्मत, सम्भार सम्भव नभएको बताउँदै इञ्जिनियरहरु सम्मेलित समितिले नयाँ भवन बनाउन सुझाव दिएको थियो। अहिले त्यसक्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था थप मजबुत बनाएको छ।
तस्बिर: मुकुन्द कालिकोटे