दैलेख। कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोलीसहित दैलेखमा पीसीआर मेसिन आइपुगेको छ। संघीय सांसद रवीन्द्रराज शर्माको नेतृत्वमा काठमाडौंबाट मेसिनसँगै हिँडेको स्वास्थ्यकर्मी टोली शुक्रबार आइपुगेको हो।
कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि जिल्लामा पीसीआर मेसिन आवश्यक भएकाले सांसद शर्माको निर्वाचन क्षेत्र विकास कोषअन्तर्गत यस वर्षका लागि ठेक्का खुलाएर बचेको रु एक करोडले मेसिन खरीद प्रक्रिया थालिएको थियो। अहिले मेसिनसँगै एक हजार थान स्वाब सङ्कलन किट पनि आएको छ। रासस