भारतमा चिनियाँ राष्ट्रपति भन्दै किम जोङको पुत्ला दहन



काठमाडौँ। भारत–चीनबीच लाइन अफ एक्चुअल कन्ट्रोलमा हिंस्रक झडपमा २० भारतीय सैनिकले ज्यान गुमाए।

जसका कारण भारतीय जनता चीनप्रति निकै आक्रोसित छन्। चीनविरुद्ध भारतमा प्रदर्शन पनि भइरहेको छ। बंगालको आसनसोलमा यस्तै एक विरोध प्रदर्शनको क्रममा भाजपा कार्यकर्ताले निकै रोचक गल्ती गरेका छन्।

वास्तवमा, भाजपा कार्यकर्ताले चीनको विरोध गर्नका लागि पुत्ला दहन गरे चिनियाँ राष्ट्रपति शी जिनपिङको होइन उत्तर कोरियाली नेता किम जोंगको । यो भिडियो इन्टरनेटमा निकै भाइरल भएको छ। यसमा भाजपा नेताको मज्जाले ट्रोल पनि भइरहेको छ।

भिडियोमा बंगाल भाजपाका कार्यकर्ता पुत्ला लिएर उभिएका छन् भने एकजनाले क्यामरातर्फ हेर्दै भनेका छन्, ‘हामी चीनको विरोध गरिरहेका छौं।

चीनका प्रधानमन्त्री किम जोंगको पुत्ला जलाउँदैछौं। हामी मानिसहरुलाई चिनियाँ उत्पादनको प्रयोग नगर्न आग्रह गर्छौं। स्वदेशी सामान प्रयोग गर्नुहोस्।’ भिडियो मज्जाले ट्रोल भइरहेको छ।