चीन-भारत सीमा क्षेत्र लद्दाखमा भिडन्तलाई दिएर नेपालमा धर्ना



काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजले चिनियाँ र भारतीय दूतावास नजिक शान्तिपूर्ण धर्ना दिएको छ।

चीन—भारत सीमा क्षेत्र लद्दाखमा भिडन्त भएपछि शान्ति समाजले युद्द अपराध भएको स्मरण गराउँदै बिहीबार दुई देशका दूतावास नजिकै धर्ना दिएको हो चिनीयाँ र भारतीय सेनाबी गल्वान उपत्यकामा भएको हिंसात्मक झडपमा दर्जनौ सैनिकहरु हताहत र घाइते भएका थिए।

एसियाका यी दुई ठूला मुलुक शान्तिका लागि उदाहरण बन्नुपर्नेमा युद्धका लागि अग्रसर हुनु अत्यन्त दुस्खद हुनुका साथै दक्षिण एसिया र विश्व शान्तिकै लागि पनि खतरा हुने भएकोले शान्तिका लागि अह्वानसमेत गरेको छ।

धर्नाका क्रममा समाजले ‘स्टप वार स् प्रमोट पिस,’ ‘एस टु पिस, नो टु वार’, ‘चीन स् आवेग होइन विवेकको प्रयोग गर’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।धर्नामा समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक सदस्य कृष्ण कँडेल, केन्द्रीय सचिव बलबहादुर गाहा मगर, केन्द्रीय सदस्य नम्रता खरेललगायतको उपस्थिति रहेको थियो।

तस्बिर: मुकुन्द कालिकोटे