‘महिला, दलित र पीडितलाई सम्बोधन गर्ने खालेको बजेट आजको आवश्यकता हो’



काठमाडौँ। बागमती प्रदेशकी सांसद कल्पना नेपालीले नयाँ बजेटले विपन्न वर्गलाई सम्बोधन गर्न नसक्ने टिप्पणी गरेकी छन्।

प्रदेश राजधानी मकवानपुरको हेटौँडामा जारी प्रदेश सभाको छैटौ अधिबेशनमा बोल्दै सांसद नेपालीले यस्तो टिप्पणी गरेकी हुन्।

उनले भनिन्, ‘यस वर्षपनि वजेट पहँचका आधारमा आएको छ। मन्त्री र पहुँचवाल प्रकृतिको यो बजेटले विपन्न वर्ग र पीडित वर्गको अवस्थालाई सम्बोधन गर्न सक्दैन। लक्षित वर्गका लागि यो बजेट हर्ष न विष्मात भनेझैं भएको छ।’

उनले अगाडि भनिन्, ‘गत वर्ष पनि यस्तै प्रकृतिको बजेट आएको थियो। हामीले त्यो बेलामा पनि सुझाव दिएका थियौं। यो वर्ष पनि उस्तै बजेट आउन दुःखद छ। यो बजेट दलित, पीछडिएका वर्ग र देश निमार्णमा सक्रिय युवाहरुको पक्षमा छैन्। एकल महिला तथा विपन्नहरु, सीमान्तकृतहरुको पक्षमा छैन। साना तथा मझौला उद्योग कलाकानालाई सम्बोधन गर्ने खाजको बजेटको अपेक्षा हामीले गरेका थियौं।’

आर्थिक वर्ष २०७६/०७७ को २० प्रतिशत मात्रै बजेट खर्च गर्न सफल भएको भन्दै सरकारको आलोचना गरेकी सांसद नेपालीले नयाँ बजेटको आकार बढाउनु जायज नभएको स्पष्ट पारिन्।

उनले भनिन्, ‘खर्च गर्न नसक्ने बेकारमा बजेटको आकार बढाएर मात्रै हुन्छ? बजेट जनता र देशको जीवन स्तर उठाउने हुनुपर्छ। पारदर्शी हुनुपर्छ। तर, यहाँ कार्यकर्ता पोस्ने काम गरिन्छ। स्मरण रहोस् अन्तर्राष्ट्रिय संसदीय शासन व्यवस्थाको एउटा मान्यता छ, ‘बजेट पारदर्शीतापूर्ण तरिकाले खर्च गर्न नसक्ने सरकार असफल हुन्छ।’

नुवाकोटकी सांसद नेपालीले जिल्लासँग जोडिएका छोटो तथा लामा दुरीका सडकहरुको स्तर निक्कै कमजोर रहेको जाकारी गराएकी छन्।

उनले भनेकी छन्, ‘म नुवाकोटकी जनप्रतिनिधि भएका कारण सरकारलाई जानकारी गराउन चाहन्छु। सडक निमार्णको कार्य राम्रोलाई भन्दा हाम्रालाई दिनेकाम बन्द गरियोस्। नुवाकोटसँग जोडिएका हरेक सडकको स्तर निक्कै कमजोर छ। अस्तव्यस्त छ। ति सडकहरुको स्तरोन्नतीका लागि यथेष्ट बजेट छैन। किन ? नुवाकोट र रसुवाका जनताले कन्तविजोग सहिरहेका छन्।’

साँसद नेपालीले बागमती प्रदेशमा हरेक वर्ष सयौंको संख्यामा चेलीवेटी बेचबिखन जस्तो गम्भीर अपराधिक कार्य जारी रहेको भन्दै यसतर्फ सरकारले ध्यान दिन सुझाव दिएकी छन्।

उनले भनेकी छन्, ‘हरेक वर्ष सयौं नारीहरु किनबेचको सिकार भइरहेका छन्। त्यसमा बागमती प्रदेश अग्रभागमा छ। यस्तो जघन्य अपराधलाई नियन्त्रण र निर्मुलीकरणका लागि प्रदेश सरकारले बजेटको व्यवस्था गरेको खै ? बेचिन पुगेका तथा उनीहरुका परिवारको बारेमा विशेष योजना ल्याउनु पर्दैन ?’

सांसद नेपालीले कोभिड १९ का कारण रोजगार गुमाएका युवाका लागि उरकारले उचित कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएकी छन्।