सेना प्रमुख र सशस्त्र प्रहरी प्रमुख छाङरु पुगेर फर्किए



काठमाडौँ। नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बल (सशस्त्र) का महानिरीक्षक शैलेन्द्र खनाल छाङरु पुगेका छन्।

दार्चुलाको छाङरुमा स्थापना गरिएको बोर्डर आउट पोष्ट (बीओपी( निरीक्षण गरेर थापा र खनाल धनगढी फर्किएका हुन्। नेपाली सेनाको हेलिकप्टरबाट दुवै जना बुधबार बिहान छाङरु पुगेका थिए।

छाङरुमा रहेको सशस्त्र प्रहरीको फौजबाट दुई सुरक्षा निकायका प्रमुखले व्रिफिङ लिएका छन्। साथै, आवश्यक निर्देशनसेमेत दिएका छन्। नेपाली सेनाले छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक बनाउँदैछ।

त्यसअघि सर्वसाधारणका लागि छाङरुसम्म पुग्ने बाटो बनाउन घाँटी बगर क्षेत्रमा ट्याक खोल्ने काम भइरहेको छ। यो कार्यका लागि नेपाली सेनाको फौज परिचालित भएको छ।

त्यहाँ पनि दुवै सुरक्षा अंगको प्रमुखले निरीक्षण गरेका छन्। उनीहरु बिहीबार काठमाडौं फर्किने कार्यक्रम रहेको छ। प्रधानसेनापति थापा नयाँ बनेको पृतनाको निरीक्षणका लागि धनगढी गएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे बताउँछन्।