नेपालमा कोरोना संक्रमितको संख्या सात हजार नाघ्यो



काठमाडौँ। बुधबार नेपालमा आजसम्मकै धेरै अर्थात ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको सं‌ख्या ७१७७ पुगेको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा सोमवार साँझ मृत्यु भएकी महिलाको परीक्षण गर्दा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।

बाँके जिल्लाको वैजनाथ गाउँपालिका ६ की ४६ वर्षीय महिलाको दायाँ फोक्सोमा समस्या देखिएपछि गत जेठ ३० गते अस्पताल भर्ना गरिएको थियो।त्यस्तै २० जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए। अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा कोभिड १९ पुगेको पुष्टि भएको छ।

प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड(१९ भएका व्यक्ति फेला परेका छन्। सरकारले मङ्गलवार पुष्टि गरेको सङ्क्रमितको सङ्ख्या ३८० थियो। मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६,०३७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १,४९,५७२ पुगेको छ। क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

अहिले देशभरि एक लाख २५ हजारभन्दा बढीव्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्। सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा र त्यसपछि क्रमशस् प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्। अहिले देशभरि २२ वटा प्रयोगशालाबाट कोरोनाभाइरस पुष्टि गर्ने परीक्षण हुने गरेको छ।